भद्रुटारका दुईजना किशोरी सम्पर्कविहिन

नुवाकोट, असार १६ । जिल्लाको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका दुई जना किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पन्चकन्या ५ भद्रुटारस्थित भेडाबारीका वर्ष १४ की रजिना फुयाल र वर्ष १७ की बिनिता बिक रहेका छन् । स्थानीय भेडाबारी माध्यमिक विद्यालयमा अध्ययनरत फुयाल कक्षा ९ की छात्रा हुन भने बिक सोही विद्यालयबाट हालैको एसइईमा अनुत्तीर्ण छात्रा हुन ।
उनीहरु हिजो असार १५ गते घरबाट नजिकै रोपाइँ मेलामा गीत सुन्न भन्दै निस्किएका थिए । त्यसयता उनीहरु दुबैजना सम्पर्कविहिन भएका हुन् । उनीहरुले बोकेको मोबाइल समेत अफ रहेको परिवारजनले बताएका छन् ।
मेलमिलाप केन्द्र भद्रुटारका संयोजक मनोहर भट्टराईका अनुसार आफन्त तथा अन्य सम्पर्कमा समेत खोजतलास गर्दा दुबैजना पत्ता लाग्न सकेका छैनन् । परिवार र स्थानीयले तत्कालिन रुपमा खोजी कार्य गरिरहेको र प्रहरीलाई समेत जानकारी गराइएको बताइएको छ ।कतै देख्ने वा भेट्ने महानुभावले ९८४९००४७७२ मा सम्पर्क गर्न वा नजिकैको प्रहरी कार्यालयमा जिम्मा लगाउन परिवारजनले आग्रह गरेको छ ।