दुप्चेश्वर-२ मा युवाहरूले गरे सडक सोलिङ



नुवाकोट,साउन १७ — दुप्चेश्वर गाउँपालिका वडा नम्बर २ स्थित वडा कार्यालय नजिकको सडक हिलाम्य भई स्थानीयवासीहरूलाई आवतजावतमा कठिनाइ भएपछि बोलगाउँ ढाडेका युवाहरूको पहलमा करिब १०० मिटर सडक सोलिङ कार्य सम्पन्न गरिएको छ।

स्थानीय युवाहरूले आफैँ श्रमदान र सहयोग जुटाएर सडक सुधार गरेका हुन्। उनीहरूको सामूहिक प्रयासले यस क्षेत्रका बासिन्दालाई सहज आवागमनमा राहत पुगेको छ।

समाजसेवामा सक्रिय रहेका स्थानीय प्रतिनिधिले वर्षको १–२ दिन जनश्रमदान गरेर सहयोग गरेमा जन्मभूमिप्रतिको माया झल्किने र ठुलो राहत महसुस हुने बताए।

शुक्रबार गरिएको श्रमदान कार्यक्रममा विशेष योगदान दिने सहभागीहरूमा दाउ दोर्जे तामाङ, नविन तामाङ, वसन्त, रुपलामा, नविन विक, दिल बहादुर, यगर मानसिङ, दावा ग्याल्बो, सुर्जे, दिनेश, दावा छिरिङ, कर्म, कुमार, विसाङ, मिसन, विश्वराम, पैपै, मुईजित, बिरे, बिरजित र सञ्जय लगायतका युवाहरूलाई धन्यवाद व्यक्त गरिएको छ।

स्थानीय स्रोत र जनशक्तिको भरमा सम्पन्न यस कार्यले समाजमा सकारात्मक ऊर्जा फैलाएको छ। संयोजनकर्ताहरूले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यमा निरन्तर जुटिरहने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्