विदुर –५ र १३ का दुई सडक कालोपत्रे तयारीमा, ५ करोड बजेट विनियोजन



विदुर, साउन १७ — विदुर नगरपालिका वडा नं. १३ स्थित अजिङ्गरेदेखि वडा कार्यालयसम्मको सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने तयारी तीव्र पारिएको छ। सो सडक सुधारका लागि नगरपालिकाले रु. ३ करोड बजेट विनियोजन गरेको छ। निर्माण अगाडि बढाउन ठेक्का प्रक्रिया अघि आवश्यक प्राविधिक अध्ययन गर्न नगरप्रमुख राजन श्रेष्ठ, वडा नं. १३ का अध्यक्ष भरत तामाङसहित प्राविधिक टोली स्थलगत अवलोकनमा खटिएका छन् ।

त्यसैगरी, वडा नं. ५ स्थित माझगाउँ, ठूलोगाउँ हुँदै मनकामना मन्दिर पुग्ने सडक स्तरोन्नति र कालोपत्रे गर्नुअघि आवश्यक प्राविधिक अध्ययन कार्य भइरहेको छ। नगरप्रमुख श्रेष्ठ, वडा नं. ५ का अध्यक्ष लिलानाथ न्यौपानेसहितको प्राविधिक टोलीले सडकको भौतिक अवस्था अवलोकन गरेको छ।

विदुर नगरपालिकाले चालु आर्थिक वर्षभित्रै रु. २ करोड बजेट विनियोजन गरी सो सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने तयारी गरेको छ। दुबै सडक निर्माण सम्पन्न भएपछि यातायात र आवागमनमा सहजता ल्याउनुका साथै स्थानीय विकास र धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्