ढुङ्गे–त्रिशूली जोड्ने बेलिब्रिज निर्माण तीव्र, एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य



नुवाकोट,असोज ३० । नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे र त्रिशूली बजार जोड्ने बेलिब्रिज निर्माण कार्य तीव्र पारिएको छ। पुल निर्माणका लागि आवश्यक सामग्री कार्यस्थलमा आइपुग्न थालेसँगै निर्माणले गति लिएको हो।

विदुर नगरपालिकामार्फत निर्माण भइरहेको उक्त पुलका लागि सडक विभागले बेलिब्रिज उपलब्ध गराएको छ भने नेपाली सेनाले पुल जडान गर्नेछ। निर्माण कार्यलाई तीव्रता दिँदै अबको एक महिनाभित्र पुल सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

गत भदौ १० गतेको विनाशकारी बाढीले त्रिशूली नदीमाथिका पुल तथा अन्य संरचनामा क्षति पुर्‍याएपछि ढुङ्गे र त्रिशूली बजारबीचको आवागमन प्रभावित हुँदै आएको छ। बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि स्थानीय बासिन्दा तथा यात्रुलाई नदी वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्