पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी–ज्वाइँ र सर्वसाधारणलाई टीका प्रदान
काठमाडौँ,कात्तिक ४ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिनुभएको छ ।
यसैगरी, उहाँले छोरी–ज्वाइँलाई टीका प्रदान गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले उहाँले बालुवाटारस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिनुभएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिनुभयो ।

