नवलपुरमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, एक जनाको मृत्यु, २८ घाइते



नवलपुर,कात्तिक ३० । नवलपुरमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

सोमबार बिहान कावासोती नगरपालिका–११, लोकाहामा धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । बस अनियन्त्रित भई पल्टिँदा यात्रुहरू घाइते भएका हुन् ।

त्यस्तै, आइतबार राति विनयी त्रिवेणी गाउँपालिका–२ मा हाइलक्स गाडी दुर्घटना हुँदा ३६ वर्षीया दिपिका तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा उनका श्रीमान् र दुई छोराछोरी घाइते भएका छन् ।

नवलपुरमा भएका यी दुई दुर्घटनामा एक जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्