नुवाकोट तारकेश्वरका १२० विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण
नुवाकोट,मंसिर ७ । नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित चण्डी माध्यमिक विद्यालयका १२० जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
लक्ष्मी सपोर्ट फाउन्डेसनको सहकार्य तथा तारकेश्वर गाउँपालिका–४ का वडा सदस्य रामकाजी थापा (स्वर्णिम) को पहलमा विद्यार्थीहरूलाई उक्त सामग्री वितरण गरिएको हो ।
चिसो मौसम सुरु भएसँगै विद्यार्थीलाई जाडोबाट जोगाउनुका साथै नियमित पठनपाठनमा सहजता प्रदान गर्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको जनाइएको छ ।
न्यानो कपडा तथा आवश्यक शैक्षिक सामग्री पाएपछि विद्यार्थी र अभिभावकले खुसी व्यक्त गरेका छन् ।

