समाचार

वैकल्पिक सरकार गठनमा महन्थ ठाकुर सहभागी नहुने

काठमाडौं,वैशाख २८ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनमा आफुहरु सहभागी नहुने बताएका छन्। वैकल्पिक सरकार बनाउन खोज्नु मधेश विरोधी काम भएको उनको भनाई छ। सोमबार

बन्द भयो कालिमाटी बजार

काठमाडौं,वैशाख २८ । कोरोनाको जोखिम बढेसंगै कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले एक सूचना जारी गर्दै खुद्रा

आज ‘आमा’को मुख हेर्ने दिन

काठमाडौं, वैशाख २८ । आज ‘आमा’को मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिन अर्थात आफ्नो जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व । आज देशभर

सहज छैन संयुक्त सरकार

काठमाडौं,वैशाख २८ । विश्वासको मत माग्ने क्रममा उठाइएका सबालको संसद्मा जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘संसद् विघटनको चिन्ता लिनुभन्दा मलाई मत दिनुहोस्, विघटनबाट जोगाउनुहोस्।’ त्यसअघि बोल्ने माओवादी अध्यक्ष

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं,वैशाख २८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत

चिनी किन्ने अनुमति दिन ढिलाइ

काठमाडौं,वैशाख २८ । सरकारी अनुदानको चिनी किन्ने तथा बेच्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिएको ६ महीना भइसक्दा पनि सरकारले किन्ने अनुमति दिएको छैन । किन्ने अनुमतिका लागि

निषेधाज्ञा १५ दिन लम्ब्याउने तयारी

काठमाडौं,वैशाख २८। काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्ने तयारी गरिएको छ । आइतवार र सोमवारको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले निषेधाज्ञा थप गर्ने निष्कर्ष निकालेको छ ।

सिलिन्डर सीधै अस्पतालमा पठाउँदा समस्या : अक्सिजन उत्पादक संघ

अक्सिजन सिलिन्डर उपलब्ध गराउन व्यावसायिक संस्थाहरूको अपिल काठमाडौं,वैशाख २८। नेपालमा कोरोना संक्रमित बिरामीको संख्या दैनिक तीवरूपमा बढेपछि अहिले अक्सिजन सिलिन्डरको माग चुलिएको छ । अक्सिजन सिलिन्डरको आपूर्ति सहज बनाउन व्यावसायिक

थप १३९ जनाको मृत्यु

काठमााडौं,वैशाख २८ । नेपालमा कोरोना संक्रमणका कारण थप १३९ जनाको मृत्यु भएको छ । सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण १३९ जनाको मृत्यु भएको हो