समाज

पोखराको सहिदचोक आसपास निषेधित क्षेत्र घोषणा

पोखरा,भदौ २३। जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराको सहिदचोक क्षेत्र आसपासलाई निषेधित क्षेत्र घोषणा गरेको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार आज दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पूर्वतर्फ

जेन–जी प्रदर्शनमा गोली लागी सात जनाको मृत्यु

काठमाडौँ,भदौ २३ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले थालेको प्रदर्शन हिंसात्मक बन्दै जाँदा मृत्यु हुनेको संख्या सात पुगेको छ। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर संसद भवनको गेटमै एक

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडौँ,भदौ २३। सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले आयोजना गरेको प्रदर्शनमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। यसअघि सिभिल

जेनजीको प्रदर्शनमा प्रहरीको गोली, एक जनाको मृत्यु

काठमाडौँ,भदौ २३ । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले आयोजना गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको छ। नयाँबानेश्वरमा भएको प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका ती

आन्दोलनकारीद्वारा संसद भवनमा आगजनी, आगो नियन्त्रण बाहिर

काठमाडौँ,भदौ २३। सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जारी प्रदर्शन हिंसात्मक बन्दै संसद भवनमा आगजनी भएको छ। आन्दोलनकारीहरूले प्रदर्शन भड्किएपछि संसद भवनको २ नम्बर गेटमा आगो लगाएका हुन्। अहिले आगो तीव्र

सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको प्रदर्शनमा प्रहरीद्वारा अश्रुग्याँस प्रहार

काठमाडौँ,भदौ २३। सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीको नेतृत्वमा आयोजित प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। निषेधाज्ञा तोड्दै नयाँबानेश्वरस्थित संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको

सुनको मुल्य ४ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ छ त कारोबार

काठमाडौं,भदौ २३। नेपाली बजारमा दिन प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा रहेको सुनको मुल्य आज घटेको छ। सोमबार सुन तोलामा ४०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार

आजदेखि सोह्र श्राद्ध आरम्भ

काठमाडौँ,भदौ २३ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (सोमबार)देखि विधिवत् आरम्भ भएको छ। यस अवसरमा पशुपतिनाथलगायत देशभरका विभिन्न मठमन्दिरमा पूजाअर्चना गरी श्रद्धालुहरूले

नुवाकोटमा लिखु खोलाले बगाएर बालिका बेपत्ता, खोजी प्रयास जारी

नुवाकोट,भदौ २३। लिखु गाउँपालिका–४ नयाँबस्तीमा आइतबार साँझ घाँस काट्ने क्रममा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन्। क्षेत्रपाल माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीया रश्मी श्रेष्ठ लिखु खोलाले