विश्व

रुस र युक्रेनबीच एक–अर्कामाथि अहिलेसम्मकै भीषण ड्रोन हमला

काठमाडौँ,कात्तिक २६ । रुस र युक्रेनबीच युद्ध सुरु भएयता एक अर्काविरुद्ध सबैभन्दा भीषण ड्रोन हमला गरेका छन्। रुसले विभिन्न ६ स्थानबाट ८४ वटा युक्रेनी ड्रोनलाई निष्क्रिय तुल्याएको त्यहाँको रक्षा मन्त्रालयले

रुस-युक्रेनद्वारा एकअर्को देशमा ड्रोन हमला, रुसका केही उडान प्रभावित

काठमाडौं,कात्तिक २६ । रुस-युक्रेनले एकअर्को देशमा ड्रोन हमला गरेका छन् । यो हमला रुस-युक्रेन युद्ध शुरु भएयताको सबैभन्दा ठूलो हो ।  युक्रेनको वायुसेनाका अनुसार रुसले देसका सबै क्षेत्रमा १४५ ड्रोन हमला

पाकिस्तानको रेलवे स्टेशनमा विस्फोट, कम्तीमा १७ जनाको मृत्यु दर्जनौं घाइते

बलुचिस्तान, पाकिस्तान,कात्तिक २५ । अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा शनिबार बिहान ८:४५ बजे यात्रुहरू प्लेटफर्ममा बसिरहेका बेला विस्फोट भएको छ। यस घटनामा कम्तीमा १७ जनाको मृत्यु

इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु, ३० घाइते

बेरुत,कात्तिक २४ । इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएको लेबनानी सेना स्रोत र स्वास्थ्य मन्त्रालयले जनाएको छ

गाजा पट्टी पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत

गाजा,कात्तिक २४ । इजरायली सेनाले अन्तर्राष्ट्रिय मानवीय कानुनको मापदण्ड पालना नगरेको औँल्याउँदै कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरू पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका निर्देशक अजित सुङ्गाईले

ट्रम्पको विजयले विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला ?

काठमाडौं,कात्तिक २४ । डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपति पदमा भएको विजयले अमेरिकाबाहेक बाँकी विश्वका लागि तत्कालै र गम्भीर आर्थिक परिणामहरू निम्त्याउने आकलन गरिएको छ । अमेरिकी राष्ट्रपतिमा बुधवार निर्वाचित भएपछि विश्वका

हिजबुल्लाहको मुख्य गढमा इजरायलको आक्रमण, विजय नभएसम्म लड्ने ट्रम्प र नेतान्याहु सहमत

बेरुत, लेबनान,कात्तिक २४। इजरायलले लेबनानको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको क्षेत्रमा छापा मार्दै बिहीबार दक्षिण बेरुतस्थित हिजबुल्लाहको मुख्य गढमा हवाई आक्रमण गरेको छ । हिजबुल्लाहले इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सैन्य अड्डालाई लक्षित गरी क्षेप्यास्त्र प्रहारसहित इजरायलमाथि धेरै

आप्रवासी अमेरिकाबाट फिर्ता पठाउने योजनामा ट्रम्पको जोड

काठमाडौ,कात्तिक २३ । अमेरिकामा भर्खरै सम्पन्न चुनावबाट राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ठूलो संख्यामा आप्रवासी अमेरिकाबाट फिर्ता पठाउने योजनामा जोड दिएका छन् । सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावपछि दिएको पहिलो

अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित, विश्वमा के होला ‘उथलपुथल’ ?

वासिङ्टन डिसी (अमेरिका),कात्तिक २२ । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । अमेरिकी समाचार पोर्टल ‘दन्यूयोर्कटाइम्सडटकम’का अनुसार (नेपाली समयअनुसार बुधबार अपराह्न ४:२४बजेको अपडेटअनुसार) ट्रम्पले २७७ इलेक्टोरल भोट