समाचार

यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

काठमाडौँ,माघ २- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,माघ २ – नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८

भुक्तानी अभावले स्वास्थ्य बिमा बोर्ड सङ्कटमा, ठूला सरकारी अस्पतालले सेवा रोक्न थाले

काठमाडौँ, माघ २ । सेवाप्रदायक स्वास्थ्य संस्थालाई समयमै भुक्तानी दिन नसक्दा स्वास्थ्य बिमा बोर्ड गम्भीर सङ्कटमा परेको छ। सरकारले आवश्यक बजेट उपलब्ध नगराएपछि अस्पतालहरूले स्वास्थ्य बिमा कार्यक्रम एकपछि अर्को गर्दै

माघे सङ्क्रान्तिमा धादिङका विभिन्न स्थानमा एक सय हल गोरु जुधाइयो

धादिङ, माघ १ । माघे सङ्क्रान्तिको अवसरमा धादिङ जिल्लाका विभिन्न स्थानमा एक सय हल गोरु जुधाइएको छ। कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने परम्पराअनुसार गोरु जुधाइएको हो।

नुवाकोटको पञ्चकन्यामा भाले जुधाइयो

नुवाकोट, माघ १ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं. ३ मा पञ्चकन्या आर्गानिक फार्म हाउस तथा नेपाली कम्युनिस्ट पार्टी तिनघरे टोल समितिको आयोजनामा भाले जुधाई (Cock Fight) कार्यक्रम तथा महेन्द्र

नुवाकोटमा अन्तरपालिका स्तरीय छात्रा/महिला भलिबल प्रतियोगिता सम्पन्न, म्यागाङ प्रथम

नुवाकोट,माघ १। प्रथम खेलकुद, सांस्कृतिक तथा पर्यटन उत्सवको अवसरमा नुवाकोट जिल्ला भलिबल संघद्वारा आयोजित अन्तरपालिका स्तरीय छात्रा/महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ। मंगलबारदेखि विदुरस्थित कोलोनीमा सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न

नुवाकोटमा निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त म्याद थप, माघ ३ गतेसम्म आवेदन दिन सकिने

नुवाकोट,माघ १ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना प्रक्रियाको दरखास्त म्याद थप गरिएको छ। निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालन गर्ने सम्बन्धी

नुवाकोटको गोरु जुधाइ मेलामा डाक्टर महत भन्छन् – “मैले धेरै काम गरेको छु, म यहीँबाट चुनाव लड्छु”

नुवाकोट,माघ १ । पञ्चकन्या गाउँपालिका–३ मिलडाँडामा आयोजित मकर मेला तथा एघारौँ पञ्चकन्या बृहत् गोरु जुधाइ मेला एवं सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता

लामिछानेको मुद्दा फिर्ता लिने निर्णयप्रति ओलीको आपत्ति, ‘महान्यायाधिवक्ता कार्यालय कलंकित’

काठमाडौँ, माघ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयप्रति कडा आपत्ति जनाएका छन्। बिहीबार काठमाडौँमा