काठमाडौँ,माघ २२ — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाली सेना बुधबारदेखि औपचारिक रूपमा परिचालन भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार १६५ निर्वाचन क्षेत्रमा ७९ हजार ७२७ सैनिक खटिएका छन्। राष्ट्रपति स्वीकृतिपछि सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गर्दै