काठमाडौँ, माघ २७ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत नयाँ राजनीतिक दलहरूलाई ‘सिद्धान्तहीन पपुलिष्ट’ र ‘विध्वंसकारी’ भएको आरोप लगाएको छ। घोषणापत्रमार्फत नेकपाले मुलुकका राजनीतिक शक्तिहरूलाई क्रान्तिकारी, यथास्थितिवादी, पपुलिष्ट र प्रतिगामी पुनरुत्थानवादी गरी चार वर्गमा विभाजन