काठमाडौँ,माघ १४— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते भएको घटनाबारे आफूले प्रधानमन्त्रीका रूपमा नागरिकमाथि गोली चलाउन आदेश दिएको भन्ने आरोप पूर्ण रूपमा निराधार रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य दिँदै उनले संविधानले प्रधानमन्त्रीलाई यस्तो आदेश दिने अधिकार नदिएको र आफूले कहिल्यै