काठमाडौं,असार ३२ । गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभामा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक संशोधन प्रस्ताव निर्णयका लागि पेस गर्ने कार्यसूची रोकिएको छ। सैद्धान्तिक छलफल र मन्त्रीको जवाफपछि नेकपा (माओवादी केन्द्र) की सचेतक रूपा सोसी चौधरीले गणपूरक यकिनको माग गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूची स्थगन गरे