नुवाकोटमा आईचर दुर्घटना,दुईको मृत्यु



नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर ६ कर्मिखोलामा आइचर दुर्घटना भएको छ।दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन ।
जिल्लाको चैनपुरबाट सदरमुकाम बट्टार बजारतर्फ आइरहेको बा२ख ७९१० नम्बरको आइचर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।आइचर सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपि राजेश थापाले जानकारी दिए ।
दुर्घटनामा मृत्यु हुनेहरुको नाम भने खुल्न बाँकि छ । घाइतेहरुलाई जिल्लाको त्रिशुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्