मौसमजन्य विपद्बारे जनचेतना फैलाउन ‘बुझौं न’ कार्यक्रम



काठमाडौं,असार ११। मौसमजन्य विपद्बाट हुने जोखिम न्यूनीकरण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले रेडियो नेपालले नयाँ कार्यक्रम ‘बुझौं न’ आगामी शुक्रबारदेखि प्रसारण गर्ने भएको छ।

हरेक हप्ता प्रसारण हुने कार्यक्रमको पहिलो शृङ्खला शुक्रबार बिहान ७ः४० बजे रेडियो नेपालबाट प्रसारण हुनेछ। कार्यक्रममा बाढी, पहिरो, चट्याङ, डुबान, हावाहुरीलगायत मौसमका कारण उत्पन्न हुन सक्ने विपद्बाट कसरी सुरक्षित रहने भन्ने विषयमा जनचेतनामूलक सामग्री प्रस्तुत गरिनेछ।

साथै, कार्यक्रममार्फत विपद् व्यवस्थापन तथा मौसमसम्बन्धी विषयका विज्ञहरूसँग अन्तरक्रिया पनि समेटिने जनाइएको छ। रेडियो नेपालका अनुसार ‘बुझौं न’ कार्यक्रम रेडियो प्रसारणसँगै यसको फेसबुक, युट्युब र वेबसाइटमार्फत पनि हेर्न तथा सुन्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्