ठुलो संख्यामा चीनिया नागरिक पक्राउ,के छ कारण त्यस्तो?



काठमाडौ।अहिलेसम्मकै सबैभन्दा धेरै बिदेशी नागरिकलाई महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले एकै दिनमा धरपकड गरेको छ ।

महानगरीय प्रहरी टोलीले काठमाडौको विभिन्न स्थानबाट ९७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । सीआईबीका प्रमुख डिआईजी नीरज शाहीले प्रहरी मुख्यालयबाट प्राप्त सूचना अनुसार प्रहरीको तीन वटा टोली परिचालन गरी अनुसन्धानको लागि चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको बताए।शाहीले के विषयमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको भन्ने बारे स्पष्ट पारेका छैनन् । उनको अनुसार मनमैंजु र बाँसबारीस्थित दुई घर र बुढानिलकण्ठस्थित एक घरमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका अधिकांश चिनियाँहरु पर्यटन भिसा लिएर नेपाल प्रवेश गरेको देखिएको छ । उनीहरु सबैको राहदानी जफत गरी थप अनुसन्धान भइरहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्