कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासको मत



कर्णाली,बैशाख १४ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको बिहीबार बसेको १०औं बैठकमा उनले विश्वासको मत पाएका हुन् । 

कुल ४० प्रदेशसभा सदस्य रहेको कर्णालीमा ३५ सदस्य उपस्थित थिए । उपस्थित प्रदेशसभा सदस्यमध्ये २३ जनाले मुख्यमन्त्री कँडेलको पक्षमा मतदान गरेका थिए । यो संख्या प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतभन्दा बढी हो । 

यस्तै १२ प्रदेशसभा सदस्यले उनको विपक्षमा मतदान गरेका थिए । एक सदस्य भने तटस्थ रहेका थिए । 

हाल कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एमाले)का १० र नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्र १–१ गरी ४० सदस्य छन् । रासस

प्रतिक्रिया दिनुहोस्