छहरे-टोखा सुरुङ्ग मार्ग अध्ययन गर्न चिनियाँ प्राविधिक टोली काठमाडौमा



काठमाडौ,काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखा–बहुप्रतिक्षित नुवाकोट-काठमाडौ सुरुङमार्ग छहरे-टोखा सुरुङ्ग मार्गको अध्ययन गर्न चिनियाँ प्राविधिक टोली नेपाल आइपुगेको छ । टोली आज अर्थात शुक्रबार नै सम्बन्धित क्षेत्रमा पुग्ने छ ।

चीनका राष्ट्रपति सी चिनफिङको केही महिनाअघि सम्पन्न नेपाल भ्रमणका क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको समझदारी अनुसार काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग निर्माणबारे अध्ययन थालिएको हो ।

निर्माण कार्यका लागि अध्ययनलाई अगाडि बढाउनेबारे छलफल गर्न उच्च स्तरीय चिनियाँ प्राविधिक टोली नेपाल आएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
छहरे-टोखा सुरुङ्ग मार्ग बारे नुवाकोटका सांसद हितबहादुर तामाङसगको कुराकानी यहाँ हेर्न सकिन्छ:-

प्रतिक्रिया दिनुहोस्