नेकपाको सभामुख उम्मेद्बारीमा सबैको चासो बढ्यो



काठमाडौ। पछिल्लो राजनीतिक चर्चा सभामुख को बन्ला भन्नेमा व्यतीत भैरहेको छ।यता नेकपाको सचिवालय बैठकले सभामुखको निम्ति उम्मेदवारी दिने निर्णय समेत गरिसकेको छ ।

आज दिउँसो बसेको नेकपाको बैठकले उक्त निर्णय गरिसकेको हो।नेकपाको निर्णयमा शिवमाया तुम्वाहाङ्फे राजीनामा दिन लगाउने निर्णय गरेको छ भने सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

नेकपा सचिवालय बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कसलाई सभामुखको उम्मेदवार बनाउने भन्नेबारे भने उनले केही बताउन चाहेनन् ।

सभामुख पूर्वमाओवादीका तर्फबाट भएकाले अहिले पनि पूर्वमाओवादीकै तर्फबाट बनाइनुपर्ने अडानमा अध्यक्ष प्रचण्ड देखिएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली भने नेकपा बनिसकेकाले सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्ने अडानमा छन् ।

पूर्वमाओवादीबाट भने नेता द्वय अग्नि सापकोटा, देव गुरुङ लगायत नेताको चर्चा कायमै छ ।

प्रतिक्रिया दिनुहोस्