स्कारपियोसग मोटरसाइकल ठोक्किदा युवकको ज्यान गयो



काठमाडौं ।स्कारपियोसग मोटरसाइकल ठोक्किदा युवकको ज्यान गएको छ। ज्यान गुमाउनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ का २४ वर्षीय शिव सुनार रहेका छन ।

शंकरापुर नगरपालिका साखु स्थित काठमाडौँबाट मेलम्ची जाँदै गरेको बा ६४प ६८०९ नम्बरको मोटरसाइकल साँखु बजार नपुग्दै ओरालोमा दुर्घटनामा परेको हो ।

चाबहिलबाट साँखु जाँदै गरेको बा१६च ८७७० नम्बरको स्कारपियो सडकको बीचमा रोकिराखेको र उक्त स्किारपियोले ढोका खोल्दा मोटरसाइकल ढोकामा ठोक्किएर अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बीआर०६पिडी४०५९ नंको भारतीय स्कारपियोले थप ठक्कर दिएको हुनसक्ने प्रहरीको भनाइ छ

उनीसँगै मोटरसाइकलमा सवार सोही ठाउँकै घाइते सागर श्रेष्ठको शङ्खरापुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्