यस्ता छन सँसारभर त्रास फैलाउने कोरोनाभाइरसको लक्षण



अहिले संसारभर कोरोनाभाइरसको त्रास फैलिएको छ।सर्वप्रथम चीनको उआन प्रान्तको समुन्द्री खाना पाउने बजारबाट उत्पन्न भएको भनिएको कोरोनाभाइरसले चीनमा मात्र १७ जनाको ज्यान लिईसकेको छ ।
अहिले अमेरिकामा लगायत विभिन्न देशमा कोरोनाभाइरस फैलिरहेको अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले बताएका छन। सँसारभर पाँच सयभन्दा कोरोनाभाइरसको संक्रमण फेला परिसकेको छ ।कोरोनाभाइरसको भ्यासिन अहिलेसम्म बनेको छैन । यसबाट बच्न संक्रमितहरुबाट टाढा रहने नै विकल्प देखिन्छ ।

कोरोनाभाइरस के हो?

जवानरबाट मानिसमा सर्ने कोरोनाभाइरस भाइरसको एउटा समुह हो यस्तो भाइरस सर्न सक्छ ।

मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम मेरस र सेभर एक्युट रेस्पिरेटरी सिन्ड्रम सारस गरी दुई प्रकारको रोगको संक्रमण गराउन सक्छ ।
मेरस बिरालो जस्तै देखिने सिभेट क्याटबाट सर्ने विश्वास गरिएको छ । सारस ऊँटबाट पनि मानिसमा सर्दछ।

रोगका लक्षण के-के हुन?

कोरोनाभाइरसको संक्रमणपछि मानिसमा श्वासप्रश्वासको समस्या देखिने गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार यस रोगको संक्रमण भएपछि स्वासप्रस्वासमा समस्या आउँछ।त्यस्तै ज्वरो आउने, खोकी लाग्ने, सास फेर्दा कठिनाई हुने हुन्छ । निमोनियाको संक्रमण भई श्वासप्रश्वासमा कठिनाई भई किड्नी बिग्रेर बिरामीको ज्यान जाने गर्दछ ।
-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्