राष्ट्रपतिद्वारा नवनियुक्त मन्त्री तुम्बाहाम्फेलाई सपथ



काठमाडौ,फागुन-५।राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङ्फेलाई आज पद तथा गोपनीयताको सपथ  गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्वाहाङ्फेले शपथ लिनुभएको हो ।

देशको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँलाई मन्त्री पदमा आजै नियुक्त गर्नुभएको हो ।उक्त  मन्त्रालयको कार्यभार यस अघि  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सम्हाल्नु भएको थियो ।

डा तुम्वाहाङ्फे भने यसअघि उपसभामुख हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्