आजको मौसम : तराईमा मेघगर्जनसहित वर्षाको सम्भावना, पहाड–हिमालमा बादल
काठमाडौँ,बैशाख १९ — जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा का अनुसार आज दिउँसो मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने सुदूरपश्चिमको तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।
शनिबार राति पनि देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णालीका पहाडी–हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

