प्रचण्ड माथि जुत्ता प्रहार



काठमाडौ,फागुन-१८। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो ।

भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा उनलाई  प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो। उनलाई मञ्चमै जुत्ता प्रहार लगत्तै  स्थिति तनावग्रस्त बनेको श्रोतले जनाएको छ । सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने क्रममा जुत्ता प्रहार गर्नेलाई पक्राउ गरेका छन् ।

विगतमा पनि प्रचण्डमाथि एक युवाले जुत्ता प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्