सुनचाँदीको मूल्य घट्यो, तोलामा १३ सयसम्म कमी



काठमाडौँ, जेठ १२ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले घटेको हो । सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावाला सुन आजका लागि रु दुई लाख ९१ हजार ५०० निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु ९० ले घटेको छ । सोमबार प्रतितोला रु पाँच हजार १५० मा कारोबार भएको चाँदी आजका लागि रु पाँच हजार ६० कायम गरिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्