इयूका राजदूतसँग प्रधानमन्त्री बालेनको भेट, सहकार्य विस्तारमा जोड
काठमाडौँ, जेठ १२ । प्रधानमन्त्री वालेन्द्र शाह ले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्नुभएको छ ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित संयुक्त भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहयोग तथा आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल, शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेल सहित उच्च सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री शाहले नेपाल र युरोपेली संघका सदस्य राष्ट्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा सरकार सकारात्मक रहेको बताउनुभएको जनाइएको छ ।

