माईक्रोबस अनियंत्रित भएर घरभित्र छिर्यो



काठमाडौ,फागुन-२४।चितवनमा माईक्रोबस अनियंत्रित भएर घरभित्र छिरेको छ। इच्छाकामना गाउँपालिका-३, फिस्लिङ्ग बजारमा राजमार्गमा गुडिरहेको माइक्रो बस अनियन्त्रित भएर घरभित्रै छिरेको हो।

काठमाडौंका लागि छुटेको बा ३ ख २५७३ नम्बरको माइक्रो बस बिहान अनियन्त्रित भएर अचानक घरभित्रै छिरेको स्थानीयले बताएका छन्।

माइक्रोबसको ठक्करबाट दुई जना स्थानीय घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको चितवन प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस्