टोखा १ झोरको खोलाले मान्छे बगायो, खोजी कार्य जारी
काठमाडौं,भदौ ७ । काठमाडौंको टोखा नगरपालिका–१ झोरस्थित गणेश खोलाले एक युवकलाई बगाएको छ।
आइतबार दिउँसो करिब १ः५० बजे अविरल वर्षासँगै आएको खोलाको ठूलो बाढीले झोरको झल्को रेस्टुरेन्टमा कार्यरत कर्मचारीलाई बगाएको हो।
बाढीले बगाएका युवक दैलेख जिल्ला घर भएका २९ वर्षीय नरेन्द्र खड्का रहेको टोखास्थित प्रहरी प्रभागले जनाएको छ।
प्रहरी र स्थानीयवासीले खड्काको खोजी कार्य जारी राखेका छन्।लगातारको वर्षासँगै खोलामा आएको आकस्मिक बाढीका कारण घटना भएको प्रहरीले जनाएको छ।

