दुलही पक्षले मोटरसाइकल दाइजो दिन नसक्दा विवाह रोकियो



काठमाडौ,फागुन-२८।विहेको लागि मण्डप बनिसकेको थियो ।एकदिन अघि देखि नै बेहुलाको घरमा बाजा बजिरहेको थियो ।सबै प्रतिक्षारत थिए बेहुला अब आउँछ।तर न बेहुला आयो न बेहुला पक्ष नै।अन्ततः विवाह रोकियो । विहे रोकिनुको मुख्य  कारण केटापक्षले मागेको दाइजो  नै रहेको छ ।

धनुषाको नगराईन नगरपालिकाको जटहीका बेचनी सदाकी १९ वर्षीया छोरी पूजा सदाको विहे धनुषाकै भुतही निवासी रोहित सदाको २१ वर्षीय छोरा सुशिल सदासँग फागुन २५ गते हुने तय भएकोे थियो । तर, आर्थिक अभावका कारण बेचनीले मोटरसाइकल दिन नसकेपछि सुशिल सदा विवाह गर्न नै आएनन् । ऋण काढेर सबै तयारी गरेपनि विवाह नै नभएपछि बेहुलीपक्ष मारमा परेका छन् ।

साहुसँग चर्को व्याजमा ३ लाख रुपैयाँ ऋण काढेर सम्पूर्ण तयारी गरेपनि विवाह नै नभएपछि बेचनी थप आर्थिक मारमा परेका हुन् । जन्तीलाई स्वागत गर्न समियानाहरु पनि लगाइएको थियो । हामी भन्दै थियो पैसाको व्यवस्था भएन विहेपछि मोटर साइकल दिन्छु तर केटा पक्षले मानेनन बेचनीले वताइन ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले घटना के रहेछ आफूले बुझीरहेको बताउँदै दोषीलाई समातेर कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले भने–‘बेहुली पक्षले यदि जिल्ला प्रशासन कार्यालयमा जाहेरी दियो भने दाइजो कसुरको मुद्दामा हामीले बेहुला पक्षमाथि कारबाही गर्छौं ।’

आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्