पूर्व राष्ट्रपति भण्डारी नुवाकोटको छहरे बजारमा



नुवाकोट,बैशाख १८ — पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ६ स्थित छहरे बजार आइपुग्नुभएको छ।

उहाँलाई स्थानीय नेकपा एमाले का नेताकार्यकर्ता तथा सर्वसाधारणले स्वागत गरेका छन्।

थान्सिङस्थित भण्डारी समाजद्वारा आयोजना गरिएको कुल पूजामा सहभागी हुन भण्डारी छहरे आउनुभएको बताइएको छ।

स्थानीयस्तरमा धार्मिक तथा सांस्कृतिक महत्वका रूपमा सो समाजले  पूजालाई विशेष रूपमा मनाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्