अन्ततः पत्ता लाग्यो हङकङमा कोरोनाको औषधि



एजेन्सी,फागुन-२८।अन्ततः  हङकङमा कोरोनाको औषधि पत्ता लागेको छ। हङकङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीको अनुसन्धान टोलीले कोरोना भाइरस मार्ने एक एण्टी ब्याक्टेरियल लेपको बिकास गरेको खबर ग्लोबल टाइम्सले जनाएको छ।यस खबरसगै  कोरोना भाइरसविरुद्ध हङकङले ठूलो सफलता हासिल गरेको मान्न सकिने भन्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरुले यो खबर प्रकाशित गरेका छ्न।

ग्लोबल टाइम्सका अनुसार उक्त एन्टी ब्याक्टेरियल लेपले (COVID-19)  र अन्य भाइरसलाई समेत मार्ने क्षमताको बिकास भएको दावी गरिएको छ ।

हङकङको ७० वटा भन्दा बढी स्थानीय विद्यालय यसको सफल प्रयोग गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्