कोरोना संक्रमितको उपचारमा खटिने डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता



काठमाडौं,चैत-४। कोरोना संक्रमितको उपचारमा खटिने डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय सरकारले गरेको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सोमबार बसेको उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।

श्रोतका अनुसार उपचारमा खटिने अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिइनेछ ।

त्यस्तै, संक्रमण रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित कार्यमा खटिने निजामती, सुरक्षाकर्मी र नागरिक उड्डयन कार्यालयका कर्मचारीलाई पनि सुरु तलबमानको ५० प्रतिशत भत्ता दिने निर्णय समितिले गरेको छ ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्