विश्व स्वास्थ्य संगठनको कडा चेतावनी:नेपालसहित दक्षिण पूर्वीएसियामा कोरोना फैलन सक्ने



काठमाडौ,चैत-५।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कडा चेतावनी दिएको छ।उसले चेतावनीमा कोरोना भाइरस (कोभिड-१९) को महामारी अब नेपालसहित दक्षिण पूर्वीएसिया क्षेत्रमा फैलिन सक्ने भएकोले यसविरुद्ध तत्काल सघन र प्रभावकारी उपाय अपनाउन समेत आग्रह गरेको छ।

डब्लुएचओको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भनेकी छन्, ‘हामीले तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिन अपनाउने सावधानी बढाउनुपर्छ।’

यो संक्रमण थप विस्तार हुन नदिन राष्ट्रिय तथा समुदाय स्तरमा एकीकृत प्रयासको खाँचो रहेको उनले बताएकी छन्। डब्ल्यूएचआ दक्षिण पूर्वीएसियाली क्षेत्रका रूपमा नेपालसहित ११ मुलुकलाई राखेको छ। तीमध्ये ८ देशमा कोरोना भाइरस संक्रमण देखिइसकेको छ। जसअन्तर्गत सबैभन्दा बढी थाइल्यान्डमा कोरोनाबाट १७७ जना संक्रमित भएका छन्।

प्रतिक्रिया दिनुहोस्