नेपाल आउन ५५ देशबाट रोक



काठमाडौं, चैत-६।नेपाल आउन ५५ देशबाट रोक लगाइएको छ।सरकारले कोरोनाको संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण रोक लगाएको हो।

सरकारको उच्चस्तरीय बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो।

यो व्यवस्थाको समयावधि चैत ७ देखि बैशाख ३ गतेसम्म रहने छ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्न नदिन सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्