आइतबारदेखि नुवाकोट जाने यात्रुलाई निःशुल्क बससेवा



काठमाडौ,चैत-८।आइतबारदेखि नुवाकोट जाने यात्रुलाई निःशुल्क बससेवा संचालन गर्ने तयारी भएको छ। विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई मध्यनजर गर्दै नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुलाई निःशुल्क बससेवा सञ्चालन गर्न लागिएको हो।

निशुल्क बस सेवा संचालन ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिले गर्ने ट्रान्सपोर्टका प्रबन्ध निर्देशक रमेश गौतमले बताएका छन। यात्रुको सङ्ख्यामा वृद्धि भए विस्तारै बस संख्या बढाउँदै लान्छौँ, उनले भने । देशलाई दुःख परेका बेला आफूले सहयोग गर्न लागेको प्रबन्ध निर्देशक गौतमको भनाइ थियो ।

नुवाकोटको त्रिशूली र काभ्रेपलाञ्चोकको दोलालघाटसम्म जानका लागि आइतबारदेखि चार बस सञ्चालन गर्न लागेको समेत उनले बताए।
तीमध्ये दुई काभ्रेपलाञ्चोक र दुई नुवाकोट जानेछन् । ट्रान्सपोर्टका प्रबन्ध निर्देशक रमेश गौतमले सवारी साधन नपाएर नुवाकोट र काभ्रेपलाञ्चोक जान रोकिएका यात्रुलाई मध्यनजर गरेर निःशुल्क बस सञ्चालन गर्न लागेको जानकारी र्दिए ।

प्रतिक्रिया दिनुहोस्