नुवाकोटमा लक डाउन उल्लंघन,निर्माण कार्यदेखि फ्रुटी वितरणसम्म, निषेधाज्ञा जारी



नुवाकोट।चैत-११।नुवाकोटमा लक डाउन उल्लंघनका घटना भएका छन्। सरकारले देश लक डाउन आव्हान गरेपनि लक डाउनको बेवास्ता गर्दै नुवाकोटमा भने सडक पिचको काम धमाधम भइरहेको छ ।नुवाकोटको छहरेदेखि विदूर सडक खण्डको निर्माणका क्रममा थानसिंहफाट क्षेत्रमा निर्माण कार्य जारी राखिएको हो।यसरी लकडाउन अवधिमा सडक निर्माणको ठेक्का पाएको मित्र सञ्जीवनी निर्माण सेवाले आफ्नो नियमित काम सुचारु गर्दै सरकारको नियम उल्लंघन गरेको हो।लक डाउन भएको दिन मंगलबार बिहानैदेखि पनि निर्माण कार्य जारी राखेपछि काम गर्ने मजदूरहरु भने त्रसित बनेका छन्।

सडक निर्माणका क्रममा मजदुर

यता कोरोनाको संक्रममणबाट जोगाउनका लागि भीडभाड हुन नदिन सरकारले आव्हान समेत गरिसकेको छ। सबैलाई घरबाट बाहिर ननिस्कन भनेको छ, तर यस निर्माण सेवाले भने दुई दर्जन बढी मजदूर र प्राविधिकहरु लगाएर सडक निर्माण गरिरहेका छन् ।

छहरेदेखि विदुरसम्म १६ किलोमिटर पक्की तथा कालोपत्रे गर्ने ठेक्का पाएको उक्त कम्पनीले लकडाउनको जानकारी आफूहरुले पनि पाएको तर मजदूरहरुलाई ठेकेदारले काम गर्नुपर्छ भनेपछि काममा आएको कामदारहरु बताउछन । कोरोनाको डर त आफूहरुलाई पनि भएको भन्दै काम लाउनेले गर्नुपर्छ भनेपछि तनावका बीच काम गरिरहेको मजदूरहरुले बताएका छन् ।
यता नुवाकोटका प्रमुख जिल्ला अधिकारी (सिडीओ) द्रोणकुमार पोखरेलका अनुसार सडक निर्माण अत्यावश्यक सेवाभित्र नपरेपनि अलकत्रा ओछ्याइसकेकाले सडक बनाउन दिइएको बताए ।

सडक निर्माणमा मजदुर

लक डाउनमा फ्रुटी वितरण

उद्योग वाणिज्य संघ नुवाकोटले लक डाउनको समयमा फ्रुटी वितरण गरेको छ।लग डाउनको प्रवाह नगरी बाणिज्य संघ नुवाकोटले एक बाक्सा फ्रुटी सडकमा उत्रिएर वितरण गरेकाले सामाजिक संजालमा यसको चर्को बिरोध भएको छ।उद्योग बाणिज्य संघका एक पदाधिकारीले भने हाम्रो प्रश्नमा माक्स वितरण गरेको बताए।

अटेरसगै निषेधाज्ञा जारी

सरकारले देश लक डाउन गरेपनि स्थानीयले यसको प्रवाह नगरेपछिजिल्ला प्रशासन कार्यालय नुवाकोटले निषेधाज्ञा जारी गरेको छ।जिल्ला प्रशासन कार्यालय विदुरमा बसेको सुरक्षा समितिको बैठकले नुवाकोटमा आगामी मंगलबार १८ गतेसम्म निषेधाज्ञा जारी गरेको हो।

लक डाउनको समयमा स्थानीय सडकमा

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बद्रनाथ गैरेका अनुसार निषेधाज्ञाको समयमा औषधी उपचार, खाध्यवस्तु खरिद जस्ता अत्याआवश्यक काम वाहेक कुनैपनि व्यक्ति घरबाट वाहिर निस्कन नपाउने बताइएको छ ।

निषेधाज्ञाको पालना नगरेमा व्यक्तिलाई संक्रमण रोग ऐन २०२० को दफा ३ को १ अनुसार एकमहिना सम्म कैद वा उत्त ऐनको दफा ३ को २ अनुसार ५ महिनासम्म कैद सजाय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्