कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
तनहुँ असार १३ — पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी ६ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको हो।
शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका बेला उनीहरूलाई कारले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दुवै बालबालिकाको उपचारका क्रममा चितवनमा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

