नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो



काठमाडौँ,चैत-१५।नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ।कोरोना भाइरसको सङ्क्रमण थप अर्को एक जनामा भेटिएको हो ।बागलुङकी १९ वर्षीया युवतीमा पोजिटिभ भेटिएको  जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले यसको जानकारी गराउनुभएको हो।यससँगै कोभिड–१९ सङ्क्रमित नेपालीको संख्या  पाँच जना पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको नमूना परीक्षणका क्रममा उनमा संक्रमण पोजिटिभ पाइएको बताइएको छ।

उनी बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ उडानबाट यही चैत ४ गते नेपाल आएकी थिइन् । उनको अवस्था अहिले सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्