नेपालमा कोरोना संक्रमित संख्या १४ पुग्यो,कोको हुन?नयाँ दुई संक्रमित



काठमाडौं, वैशाख-१। नेपालमा कोरोना भाइरस(कोभिड-१९) संक्रमितको संख्या नेपालमा १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार नयाँ दुईजना संक्रमित भेटिएको खुलाएसगै नेपालमा कोरोना संक्रमितको संख्या १४ जना पुगेको हो।

भेटिएका १३ औं र १४ औं संक्रमित मध्ये एकजना रौतहटका १९ वर्षीय युवक हुन्  भने अर्का ब्यक्ति कैलालीकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको हो।उनीहरुको नमूना परीक्षण गर्दा पोजेटिभ भेटिएको डा. देवकोटाले जानकारी दिए ।कैलालीकी ६५ वर्षीया महिलाको लम्किचुआ नगरपालिकामा १ वैशाखमा पत्ता लागेको हो भने रौतहटका १९ वर्षीय युवकको १ वैशाखमा पत्ता लागेको हो।

संक्रमितलाई क्वारेन्टाइनबाट निकालेर अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस्