नुवाकोटस्थित पञ्चकन्या गाउँपालिकाको राहत कोषमा नेकपाको सहयोग



नुवाकोट,बैशाख-२।नेपाल कम्युनिस्ट पार्टी पञ्चकन्या गाउँपालिका कमिटीद्वारा गाउँपालिकाको विपद ब्यवस्थापन  कोषमा सहयोग  रकम जम्मा गरेको छ। गाउँपालिकाको संगठित सदस्यहरुसंग एकमुस्ट रकम जुटाई कोरोना राहत कोषमा रकम जम्मा गरिएको हो । 

कोरोना प्रभावितका लागि स्थापना गरिएको उक्त कोषमा २ लाख ८६ हजार ८ सय २६ रुपैयाँ हस्तान्तरण गरिएको छ ।कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि नेपाल सरकारद्वारा अपनाइएको लकडाउन समयावधिमा श्रमिक, मजदुर तथा अति बिपन्न परिवारको दैनिक जोहो गर्न,भाइरस नियन्त्रण तथा उपचारका  लागि चाहिने  श्रोत जुटाउन गाउँपालिकाको अभियानमा नेकपाले सघाएको हो ।

गाउँपालिकाका अध्यक्ष रमेश तामाङलाई हस्तान्तरण गर्दै

पार्टीका सदस्य तथा शुभ चिन्तकले स्वर्तफुर्त रुपम एक दिने अभियान संचालन गरेर उक्त रकम संकलन गरिएको  नेकपा पञ्चकन्याले जनाएको छ । नेकपा पञ्चकन्या गाउँ कमिटीद्वारा नेपाल सरकारले तोकेको सामाजिक दूरीको पालना गर्दै गाउँ कमिटी अध्यक्ष मीन बहादुर खत्री (कुमार), तथा सचिब रामेश्वर सुवेदीद्वारा गाउँ कमिटी सह इन्चार्ज मणीनाथ लामिछानेको रोहवरमा पञ्चकन्या गाउँ पालिका अध्यक्ष तेजबहादुर तामाङ, तथा उपाध्यक्ष  सीता खडकालाई उक्त रकम हन्तान्तरण गरिएको हो ।

उक्त रकम हन्तान्तरण गर्दै अध्यक्ष मीनबहादुर खत्रीले नेकपा पञ्चकन्या गाउँ कमिटी महामारी तथा यस्ता जुनसुकै बिपतमा जनताको साथमा रहेको र हालको लागि अत्यावश्यक केही रकम संकलन गरिएको र यसबाट गाउँ पालिकाले आवश्यक ठाउँमा खर्च गर्न अनुरोध समेत गरिएको छ।  पन्ञकन्या  गाउँपालिकामा कसैलाई भाकै बस्न नदिनका लागि आगामी दिनमा नगद तथा जिन्सी अभियान समेत आश्यकता परेको खण्डमा पार्टीको तर्फबाट संकलन गरिने कार्यक्रम रहेको समेत सहयोग गर्ने बताए ।   

उक्त संकलित रकम बुझ्दै अध्यक्ष तेजबहादुर तामाङले नेकपाको यस्तो प्रशंसनीय कार्यको लागि धन्यबाद ब्यक्त गर्दै उक्त रकमलाई पुर्ण सदुपयोग गर्ने बचन बद्धता ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्