सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले बढ्यो
काठमाडौं, मङ्सिर ७ । केही दिनदेखि लगातार घटिरहेको सुनको मूल्य आज बढेको छ । सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेर ३ हजार ११० रुपैयाँ पुगेको छ ।
आइतबार छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँ र चाँदी ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

