नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो



काठमाडौ,बैशाख-१६ । नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ। रौतहटमा २ जना कोरोना संक्रमण भेटिएको पुष्टि भएसंगै संक्रमितको संख्या ५४ पुगेको हो । रौतहट जिल्लाको वृन्दावन नगरपालिका-९ भुसहा  र देवाही गोनाही नगरपालिका-१ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए ।

दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

यसैगरि १६ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्