पूर्व आईजिपीलाई अपहरणकारी लेख्ने नेविसंघकी नेतृ पक्राउ



काठमाडौ,बैशाख-१६ । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अपहरणकारी भनेर फेसबुकमा लेख्ने नेपाल विद्यार्थी संघकी  प्रदेश २ की निवर्तमान छात्रा संयोजक नेतृ रीता रिजाल पक्राउ परेकी छन् । नेतृ रिजाल मंगलबार बारास्थित  सिमराबाट पक्राउ परेकी हुन।

नेतृ रिजाल पक्राउपछि उनका समर्थक तथा नेविसंघ कार्यकर्ताले यथासक्य छिटो रिहाईको माग गरेका छन्।फेसबुकमा लेखेकै भरमा पक्राउ नगर्न उनीहरुले आग्रह गरेका छन।

यता  पक्राउपछि प्रहरीले उनलाई ‘साइवर क्राइम’ मुद्दा लगाउने तयारी गरेको श्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्