नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो



काठमाडौ,बैशाख-१७।नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। बुधबार एकैदिन तीन जना व्यक्तिमा भाइरस संक्रमण देखिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा संक्रमण पुष्टि भएको श्रोतले जानकारी दिएको छ ।

तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। तीनै जना यसअघि वीरगन्ज १६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएको श्रोतले जनाएको छ । संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। जसमा १६ जना निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्