लकडाउन पुन: १० दिन थपियो



काठमाडौँ,बैशाख -२४ ।  जारी लकडाउन समयावधि सरकारले पुनः १० दिन थपेको छ। जसअनुसार लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय भएको  हो ।

बुधबार  प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १० दिन थप्ने निर्णय गरेको श्रोतले जानकारी दिएको छ ।

 हालसम्म नेपालमा ८२ जनामा संक्रमण देखिएको छ भने १६ जना निको भएर घर फर्किएका छन् ।

जारी लकडाउन बैशाख २५ गते भोली समाप्त हुँदैछ ।

photo:pm adviser

प्रतिक्रिया दिनुहोस्