भारतीय राष्ट्रपति मुर्मूसँग प्रधानमन्त्री बालेन्द्र शाहको शिष्टाचार भेटवार्ता



काठमाडौं, मंसिर ७ । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री शाहले राष्ट्रपति मुर्मूसँग भेटवार्ता गर्नुभएको हो।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध र पारस्परिक सद्भावका विषयमा छलफल भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्