वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरस पोजिटिभ,संक्रमित संख्या ९९ पुग्यो



काठमाडौं, बैशाख-२४ । पर्साको वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाका अनुसार  बुधबार प्रयोगशालामा परीक्षणका क्रममा १७ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको  हो।

उनकाअनुसार आजसम्म पिसिआर प्रविधिबाट परीक्षण गर्नेहरुको संख्या १४ हजारभन्दा माथि छ भने नेपालमा नयाँ १७ संक्रमितसहित  संक्रमितको संख्या ९९ पुगेको छ। यीमध्ये २२ जना उपचारपछि निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्