भारतबाट नुवाकोट घर आएका एकजना आइसोलेसनमा भर्ना



नुवाकोट,बैशाख-२४ । भारतबाट नुवाकोट स्थित आफ्नो घर आएका एक जनालाई ज्वरो, खोकीको लक्षण देखिएपछि आइसोलेसनमा भर्ना गरिएको छ । 

जिल्लाको विदुर नगरपालिका १३ वडा नम्बर-१ का १९ वर्षीय युवकलाई कोरोना भाइरस (कोभिड १९)संग मिल्दोजुल्दो लक्षण देखिएपछि  संक्रमणको आशंकामा बुधबार जिल्ला अस्पताल त्रिशूलीको आइसोलेसनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेले बताए ।

घिमिरेका अनुसार उनको स्वाब परीक्षणका लागि बिहीबार काठमाडौं पठाइने  छ।

प्रतिक्रिया दिनुहोस्